Sunday, September 28, 2014

हार्दिक शुभकामना ! शुभकामना !!! शुभकामना !!! शुभकामना !!! शुभकामना !!! नेपाली हिन्दु धर्मावलम्वीहरुको महान चाड विजयादशमीको शुभ अवसरमा सबैको मनले सुख-शान्तिको अनुभुति गरोस्,सबै हुन् ज्ञानी,सबै हुन् विद्वान,हटोस् सबैको मनबाट अज्ञानता विकासशिल बाटोमा देश अघि बढोस् अनि सबैले सगौरव भन्न सकौ मेरो देश र म नेपाली यहि कामनाको साथ नवदुर्गा देविको पूजा आराधना गर्दै हर्सोल्लासका साथ यो वर्षको विजयादशमी मनाऔ ! यो सुखको घडीमा तपाई लगायत तपाइको सम्पुर्ण परिवारमा सुख-शान्ती, सु-स्वास्थ्य,प्रगति र उन्नतिको कामना गर्दै विजयादशमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ! म लगायत सम्पूर्ण नेपाली परिवारलाई .

मौलाओस जिन्दगी मखमली सरी !! मुस्कुराओस खुशी षयपत्री सरी !! चम्कियोस नाम निधारको टीका सरी !! अखण्डरहोस उद्देश्य पूजाको दियोसरी!! दू:ख पिडा टाढारहोस रोपौँ बिजहर्सको!! दशैँआयो तिहारआयो यो रमाईलो वर्षको!! दशैँको पिङ जस्तो चञ्चलता कायम रहोस !! चङ्गा झैँ उचाइ पुग्नपाओस !! सदा देवीको आशिर्वाद रहून निर्मल बनोस भावना !! विजयादशमी 2071मा यहिछ मेरो तर्फवाट हार्दिक मंगलमय शुभकामना।।

Monday, August 11, 2014

उपचारको क्रममा दिल्लीमा निधन भएका चलचित्र नायक श्रीकृष्ण श्रेष्ठको शव नेपाल ल्याइएको छ । एयर ईन्डियाको विशेष बिमानबाट उनको शव नेपाल ल्याइएको हो । त्रिभुवन बिमानस्थलबाट उनको शवलाई प्रज्ञा प्रतिष्ठानमा लगिनेछ । प्रतिष्ठानमा अन्तिम श्रद्धाञ्जलीपछि शवलाई आजै दाह संसार गर्ने कार्यक्रम छ । उनको शवलाई दाह संस्कारको लागि प्रज्ञा प्रतिष्ठानबाट कमलपोखरी, गौशाला हुँदै पशुपति आर्यघाट लगिने जनाइएको छ । उनलाई अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न सयौंको सख्ंयामा समर्थक र चलचित्रकर्मीहरु बिमानस्थलमा जम्मा भएका छन् । उनको सम्मानमा राष्ट्रिय झण्डा ओढाइने र प्रहरी टोलीले आर्यघाटमा अन्तिम सलामी दिने बताइएको छ । सरकारले कलाकारलाई पहिलो पटक यस्तो सम्मान दिन लागेको हो ।