Friday, July 25, 2014
दुखद समाचार
पत्रकारिताको विद्यार्थीको स्थलगत अध्ययनका लागि नगरकोट शैक्षिक भ्रमण आएको जनमैत्री कलेज कुलेश्वरको बस दुर्घटना हुँदा २२ जना घाईते भएका छन् ।
दुर्घटनामा गम्भीर घाईते भएका सात जनाको भक्तपुर अस्पतालमा उपचार हुन नसकेपछि बिएण्डबी अस्पताल रिफर गरिएको छ । घाईते मध्ये १५ जनाको भने भक्तपुर अस्पतालमा उपचार गरि थप उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्जमा रिफर गरिएको अस्पतालका प्रशासन प्रमुख कृष्णहरि गेलालले जानकारी दिनुभयो ।
घाईते हुने मध्ये शिक्षकहरु किरण अधिकारी र मोदनाथ ढकालको अबस्था गम्भीर रहेको छ । त्यस्तै गम्भीर घाईते हुने विद्यार्थी मध्ये वर्ष १९ का संजय मल्ल, वर्ष २३ की ईन्दिरा मल्ल, वर्ष २३ को लक्ष्मण आलेमगर, वर्ष २२ को आयस्का पुजारी र वर्ष २० को निरज शर्मा रहेका छन् । उनीहरुको पनि बिएण्डबी अस्पतालमा उपचार भईरहेको छ ।
त्यस्तै अन्य घाईतेहरुमा वर्ष १६ को विमल ठैकी, वर्ष २० को सुनिता खत्री, वर्ष २० को अमृता ज्ञवाली, वर्ष १९ को सावित्री रेग्मी, वर्ष १८ को मनिष रेग्मी, वर्ष २१ को दीपक ढकाल, वर्ष २१ को गोकूल दवाडी, वर्ष २० को सुनिता खत्री, वर्ष २० को सुनिता श्रेष्ठ, वर्ष २१ को स्मिता थिङ्ग, यशोधा अधिकारी, वर्ष २० को विद्या केसी, वर्ष २१ को जमुना कार्की, वर्ष २५ को सुजित गुरुङ्ग रहेका छन् ।
त्यस्तै भक्तपुर निवासी वर्ष १९ का अजित दुलाल, वर्ष ५७ का श्याम गिरी पनि घाईते भएका छन् । नगरकोट भ्रमण सकेर नगरकोटको बैकल्पिक मार्ग चरेली नगरकोट कमलविनायक खण्डबाट फर्किने क्रममा वागेश्वरी गाविस २ स्थित यातु महादेव मन्दिर नजिकै दुर्घटना भएर बस १७ फिट तल खसेको थियो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment