Saturday, August 2, 2014
सेनाको प्राविधिक टोलीले विस्फोटनहरु गराएपछि सिन्धुपाल्चोकमा पहिरोले थुनिएको सुनकोशी नदीको पानीको बहाव १२ घण्टापछि खुलेको अधिकारीहरुले बताएका छन्। थुनिएर जम्मा भएको पानीको मात्रा बिस्तारै घट्न थालेको सेनाका एक अधिकारीले बताए। सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले कोशी नदीको तल्लो तटीय क्षेत्रमा रहेका जिल्लाहरुमा उच्च सतर्कता अपनाउन निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ। शनिबार बिहान करिब तीन बजेतिर गएको पहिरोले सिन्धुपाल्चोकको माङखा गाविसको जुरेमा थुनिएको सुनकोशी नदीको बहाव खुलाउन स्थलगत निरिक्षणका लागि सेनाले प्राविधिक टोली पठाएको थियो। उक्त टोलीको सुझावपछि पानीको निकासका निम्ति सेनाले विष्फोटनहरु गराएको थियो।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment