Friday, August 1, 2014
मोदीसँगै ‘आउँदैछन्’जितबहादुर लोकाहा(नवलपरासी)–भारतीयप्रधानमन्त्री नरेन्द्र मोदी आउँदो आइतवार नेपाल आउँदा उनको परिवारमा हुर्केका कावासोतीका २६ वर्षीय जितबहादुर सारुमगर पनि सँगै आउँदैछन् । १६ वर्षदेखि मोदीको घरमा बस्दै आएका उनको शिक्षादिक्षा मोदीकै रेखदेखमा भइरहेको छ । जितवहादुरको परिवार कावासोती नगरपालिका १ को लोकाहास्थित सुकुम्बासी बस्तीमा छ । उनका दाजु सिकर्मी काम गर्छन् भने भरमा सामान्य किराना पसल छ । मोदीले उनको परिवारलाई पनि भेट्ने इच्छा देखाएपछि भारतीय दुतावासका कर्मचारी रविन भट्टाचार्यले शुक्रबार उनकी आमा खगिसरा,दाजु दशरथ,भाउजु र बहिनी प्रेमकुमारीको नागरिकता र फोटो लगेका छन् । आफुहरुलाई मोदीले भेट्ने तय भएकाले चारै जना शनिबार काठमाडौं जाने दाजु दशरथले बताए । उनीहरुको राजधानी जाने आउने र त्यहाँ बस्ने ब्यवस्था भारतीय दुतावासले मिलाएको छ । मादीले आफ्नो अगाडि जितबहादुरको पारिवारिक भेटघाट गराउन चाहेका हुन् । ‘मलाई चार पाँच दिनदेखि होस्टेलबाट बाहिर कतै पनि नजानु भन्ने आदेश छ,’गुजरातको राई युनिभर्सिटीको होस्टलमा बसेर विविए तेस्रो वर्षमा अध्ययनरत जितबहादुरले भने । मोदी प्रधानमन्त्री भएर दिल्ली गएपछि उनी होस्टेलमा सरेका हुन् । कलेज छुट्टी हुँदा र अरु समयमा पनि आफ्ना गतिविधि मोदीले भनेअनुसार नै हुने गरेको जितबहादुरले बताए
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment