Saturday, August 2, 2014

पहिरोले थुनिएको सुनकोसी नदि खोल्ने तयारी, ८ को शव फेला (अपडेट) ४० घाइतेको उद्दार, ८० घर बगायो सातको शब भेटियो सानिमा हाइड्रो पावर डुवानमा, बाह्रविसे वजार पनि डुव्ने खतरामा, चौतारा,साउन१७– सुनकोसी नदीमा करिव एककिलोमिटर गहिरो ताल बनेपछि सानिमा हाइड्रोपावर डुवानमा परेको छ । बाह«विसे बजार पनि उच्च जोखिममा परेको छ । अहिलेसम्म ५० घर डुविसकेका छन् । त्यहाँस्थित हाम्रा समाचारदाता जीवनप्रसाद श्रेष्ठका अनुसार अहिलेसम्म ७जनाको लास फेला परिसकेको छ भने १०० जना भन्दा बढी हराईरहेको अनुमान गरिएको छ । मृतकमध्ये माङ्खा–१ का विमला श्रेष्ठ र श्याम श्रेष्ठको मात्र पहिचान भएको र अन्यको पहिचान हुन सकेको छैन । ताल फुटाउने प्रयासमा सेना र प्रहरीको टोली लागिपरे पनि सम्भावना निकै नै क्षिण बन्दै गएको बताइएको छ । तालका कारण अहिले लामोसाँघु,खाडीचौर,बलेफी,सुकुटे,कोसीपारिका बस्तीहरु,सिन्धुलीसम्मका नदि छेउका बस्तीहरु बगाउन सक्ने खतरा भएको छ । सिन्धुपाल्चोकको धुस्कुन र राम्चे गाविसको बीचमा पर्ने जुरे भन्ने ठाउँमा भीषण पहिरोबाट थुनिएपछि त्यहाँ ताल बनेको थियो । अहिले राम्चे र धुस्कुन दुवैतर्फबाट पनि पहिरो झरेकाले नदी खोल्न सकेका छैन तर प्रयास जारी छ । नदी खोल्न नसक्दा नदीको सतह बढ्दै गई बाह्रबिसे बजारसमेत डुबानमा पर्न थालेको प्रहरीले जनाएको छ । डुबानका कारण सुनकोसी र भोटेकोसी दोभानमा रहेको सानिमा हाइड्रो पावरको तीन मेगावाटको पावर हाउस बगरमा परिणत भएको छ । ———————————————————————— पहिरोले सिन्धुपाल्चोककमा सुनकोसी नदी थुनिएको छ । गएराती १ बजे सिन्धुपाल्चोकको मांका गाविसमा पहिरोले सुनकोसी नदी थुनिदाँ ६ जनाको मृत्यु भएको छ भने १६ जनाको उद्धार गरिएको छ । पहिरोबाट २०–२५ घर डुवानमा परेका थिए । bhotekoshi qघटनास्थलमा खटिएका प्रहरी सहायक निरिक्षक भरत बोहराका अनुसार अहिले त्यहाँ पहिरोले थुनिएर बनेको ताल फुटाउन प्रयास भइरहेको छ । थुनिएको नदी अहिले २ सय मिटरभन्दा माथी आइसकेको अनुमान छ । प्रहरीका अनुसार पानी थुनिएपछि करिव ५ किलोमिटर लामो ताल बनेको छ । तालका कारण त्यसभन्दा मुनी रहेका घररुहरु जोखिममा परेका छन् । ताल बनेपछि अरनिको राजमार्ग पनि अबरुद्ध भएपछि यातायात आवागमनमा अबरोध पुगेको छ । नदी थुनिदा स्थानीय ड्यामसाइड बजार पुरिएको छ । लामोसँधु, खाँडीचौर, सुकुटे दोलालघाट बजारलगायत क्षेत्र पनि उच्च जोखिममा परेका छन् । भोटेकोसी जलविद्युत आयोजना पनि जोखिममा छ । ताल फुटाउन नेपाली सेनाको नेतृत्वमा प्राबिधिक टोली खटाइएको छ । ताल फुटाउँदा तल रहेका बस्ती नबगाओस् भनेर सावधानीसाथ विष्फोट गराउने तयारी भएको प्रहरीले जानकारी दिएको छ । अहिले घटनास्थलमा, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीयहरु उद्दारमा खटिरहेका छन् । घटनास्थल ड्यामसाइटबजार बाह्रबिसेबाट ५ किलोमिटर दक्षिणमा पर्छ । प्रधानमन्त्रीद्वारा सुनकोसीको निकास दिन निर्देशन प्रधानमन्त्री सुशील कोइरालाले आज बिहान करिब ३ बजे सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोले अवरुद्ध भएको सुनकोसी नदीलाई सावधानीपूर्वक सहज र सुरक्षित निकास दिएर जनधन तथा भौतिक संरचना जोगाउन गृृह मन्त्रालयलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री कोइरालाले राम्चे–५ को जुरेमा गएको ठूलो पहिरोले नदी थुनिएर नदीको सतह १३० मीटरभन्दा माथि आएको र त्यसले जुरेका घरहरु डुबानमा पार्नुको साथै राजमार्गसमेत अवरुद्ध भएको जानकारी आएपछि सो निर्देशन दिएका हुन् । प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीद्वारा बिहान जारी गरिएको विज्ञप्तिमा प्रधानमन्त्री कोइरालाले सुरक्षाका सबै निकाय, स्थानीय प्रशासन र प्राकृतिक प्रकोप व्यवस्थापनसँग सम्बन्धित निकायबीच आवश्यक समन्वय गरी नदी तालिएको स्थान वरपर र नदीको तल्लो तटीय किनाराका बस्तीका बासिन्दाहरुलाई सुरक्षित क्षेत्रमा सार्न निर्देशन दिएको उल्लेख छ प्रधानमन्त्री कोइरालाले सावधानीपूर्वक सुरक्षितरुपमा तालिएको नदीको निकास खोल्न र तालिएको स्थानको तल्लोतटीय क्षेत्रमा सुरक्षा सावधानी अपनाउन स्थानीय जनतालाई सचेत गराउन पनि निर्देशन दिएको संयोजक अधिकारीले जानकारी दिए ।

No comments:

Post a Comment