Saturday, August 2, 2014
सेनाको दोस्रो प्रयास पनि विफल ताल कसरी फुटाउने भन्नेमा अझै अन्योल,सुरक्षा निकायको बैठक बस्दै (अपडेट) चौतारा ,साउन१७–सिन्धुपाल्चोक,साउन१७–सेनाले दोस्रो पटक पहिरोले बनेको ताल फुटाउन प्रयास गरे पनि सफल हुन सकेन । सेनाले बम पडकाएर गरेको ताल फुटाउने प्रयास असफल भएको हो । यसअघि पनि सेनाको बम हानेर ताल फुटाउने प्रयास विफल भएको थियो । त्यहाँस्थित हाम्रा समाचारदाता जीवन कुँबरका अनुसार सेनाले वम प्रहार गरेर ताल फुटाउने प्रयास गरे पनि ढुंगाले भरिएर जलाशय बनेकाले कठिन बनेको छ । उनका अनुसार तत्काल बनेको ताल फुट्ने सम्भावना कम छ । —————————————– सिन्धुपाल्चोकको माङ्खा गाविसस्थित जुरे भन्ने स्थानमा पहिरोले थुनिएको सुनकोसी नदी भरिएर विस्तारै पानी बग्न लागेको छ । त्यहाँस्थित हाम्रा समाचारदाता जीवन कुँबरका अनुसार अहिले पहिरोले परिएर बनेको तालबाट विस्तारै पानी बग्न थालको छ । सबैलाई सुरक्षित स्थानमा जान प्रहरीले आग्रह गरे पछि खोलाभन्दा निकै माथि हाम्रा संवाददाता रहेका छन् । पानी खुलाएर आएको हो वा पानी धेरै जम्मा भएर बग्न शुरु भएको हो त्यसको पुष्टि हुन सकेको छैन । प्रहरीले भने सेनाले केही समयपछि पहिरो खोल्ने प्रयास गर्ने छन् । उता,आकस्मिक रुपमा यस्तो विपत्ति आइलागे पनि सरकारको कामकारबाहीमा भने निकै नै सुस्तता देखिएको छ । विहान ३ बजे नै घटना भए पनि सरकारले अहिलेसम्म नदि थुनेर बनेको ताल फुटाउन के गर्ने भन्ने निर्णय लिन सकेको छैन । त्यहाँस्थित हाम्रा सहकर्मीका अनुसार अहिले प्रमुख जिल्लाअधिकारीसहित सुरक्षा प्रमुखहरु के गर्ने भन्ने विषयमा निर्णय गर्न छलफलमा जुटिरहेका छन् । चट्टानको ढिस्को नै बगेर खोला थुनिएकाले अत्यन्त कठिन भइराखेको बताइएको छ । घटनास्थलमा खटिएका डिएसपी भरत बोहराका अनुसार अहिलेसम्म ९ जनाको शब फेला परेको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment