Sunday, August 10, 2014
स्वर्गीय नायक श्रीकृष्णले भनेका थिए, 'मेरो शव नेपाल नलैजानू'
श्रावण २५, काठमाडौ । चलचित्र नायक श्रीकृष्ण श्रेष्ठको शव नेपाल ल्याउने तयारी गरिएको छ । भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचारको क्रममा शनिबार राति उनको निधन भएको हो । आफ्नो शव नेपाल नलैजान दाजू मिनकृष्णसँग अनुरोध गरेका थिए ।
'प्रसंशकहरुलाई पीडा हुन्छ भनेर श्रीकृष्णले आफ्नो शव नेपाल नलैजान दाजू मिनकृष्णसँग मृत्यु अघि नै अनुरोध गरेका रहेछन्', श्रीकृष्णका दाजू मिनकृष्णको भनाई उद्धृत गर्दै कार्यक्रम रजतपटका सञ्चालक प्रकाश सुवेदीले भने,'तर उनी राष्ट्रका गहना भएकाले उनको शवलाई सरकारी सम्मानसाथ नेपाल ल्याउने तयारी भइरहेको छ ।'
श्रीकृष्णको शवलाई सरकारी खर्चमा नेपाल ल्याउन लागिएको सुवेदीले जानकारी दिए । कलाकारहरुले आज बिहान सञ्चारमन्त्री मिनेन्द्र रिजाल, परराष्ट्र मन्त्री महेन्द्र पाण्डे र संस्कृतिमन्त्री भीम आचार्यलाई भेटेर शव नेपाल ल्याउनको लागि पहल गरिदिन आग्रह गरेका थिए ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment