Sunday, August 10, 2014
यस्तो छ श्रीकृष्णको मृत्युको कारण, रोग लुकाइएको खुलासा
काठमाडौं, २५ साउन । अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन
निमोनियाको कारण मात्रै नभएको खुलासा भएको छ ।
श्रीकृष्ण निकटका निर्देशक आकाश अधिकारीका अनुसार
‘वोन क्यान्सर’ का कारण श्रीकृष्णको ज्यान गएको हो ।
श्रीकृष्णलाई सुरुमा सुख्खा खोकी देखिएको थियो ।
त्यसपछि ‘डिप निमोनिया’ देखिएको थियो । एक साता अघि मात्रै ‘वोन क्यान्सर’
भएको पत्ता लागेको थियो । यद्यपि परिवारमा तनाव हुने भन्दै यो खबरलाई गोप्य नै
राखिएको थियो ।
श्रीकृष्णको फोक्सोको समस्या पुरानै थियो ।
श्रीकृष्णलाई केही वर्षदेखि सुगर पनि थियो ।
फोक्सोमा समस्या, सुगर, सुख्खा खोकी, निमोनिया र अन्तिममा ‘वोन
क्यान्सर’ नै श्रीकृष्णको निधनको प्रमुख कारण बन्यो ।
शरीरको अन्य जोर्नीमा क्यान्सर नफैलियोस् भनेर
केही दिनदेखि श्रीकृष्णलाई ‘किमो’
थेरापी दिइएको थियो । तर, किमो थेरापीले काम गरेन ।
नेपाली सिनेनगरिलाई निकै राम्रो र सफल चलचित्र दिइसकेका नायक
श्रीकृष्णलाई भगवानले टपक्कै टिपेर लगी दिए ।
श्रीकृष्णको बेडमा अडेस लगाएर
बसेकी आफ्नी धर्मपत्नीले समेत
पत्तो पाइनन् भगवनको लिला । बिहान करिब ४ बजेतिर ‘श्री उठ्नु न’
भन्दा केहिबेरसम्म श्रीकृष्ण नबोले
पछि त्यहीँ श्रीकृष्णकै
सिनानीमा मुर्छा परिन,
श्रीकृष्णका धर्मपत्नी एवं नायिका स्वेता खड्का ।
‘विवाहपछि हनिमुनका लागि भारतको सिम्ला जानु भएको थियो ।
त्यहीँ विरामी पर्नु भएछ ।
पहिलेदेखि निमोनिया विरामी हो । लामो खोकी लागिरहन्थ्यो ।
कोहिनुर फिल्मको सुटिङका बेला कहिले
काँही खोकीका कारण सुटिङ नै रोक्नु पर्ने हुन्थ्यो । के
भएको हो सोध्दा भन्नुहुन्थ्यो ‘दाइ ठूलो समस्या होइन, मलाई इन्फेक्सन
भएको छ भन्नुहुन्थ्यो ।’ आकाश सम्झन्छन्, ‘तर, आज उहाँ आजबाटबाट
बिदा हुनुभयो ।’
नयाँदिल्लीस्थित अस्पतालमा पत्नी श्वेता खड्कालाई
सम्हाल्न नेपाल सरकारले दुतावासले एक
जना महिला कर्मचारीको व्यवस्था गरेको छ । श्वेतासँगै
श्रीकृष्णका दाजु पनि छन् । उनी केही दिन
अघि मात्र भाइको अवस्था बुझ्न दिल्ली गएका थिए ।
सम्भवतः श्रीकृष्णको पार्थिव शरीर आजै नेपाल
आइपुग्नेछ । इयर एम्बुलेन्स तत्काललाई व्यवस्था गर्न नसकिने हुनाले
राज्यले ‘प्लेन’ बाटै श्रीकृष्णको पार्थिव शरीरलाई नेपाल
ल्याउने तयारी गर्दैछ । निर्देशकद्धय निर शाह र आकाश
अधिकारीले संस्कृति तथा पर्यटन मन्त्रीसँग
श्रीकृष्णको पार्थिव शरीरलाई नेपाल ल्याउने बारे बिहानै
पर्यटन मन्त्रीको क्वार्टरमा पुगेर छलफल गरेका थिए ।
श्रीकृष्णको पार्थिव शरीरलाई नेपाल ल्याएर सम्मान दिने
बारेमा छलफल भइरहको निर्देशक आकाश अधिकारीले बताए ।
धर्ती, आफ्नो मान्छे, आफन्त, पाहुना, बरपिपल,
गोर्खाली, माइती, अजम्वरी नाता,
हाम्रो माया जुनीजुनीलार्इ, गुरुचेला, गरिब, नाता,
नाता रगतको, भरोसा, राम बलराम,श्रीमान्
श्रीमती, सुखः दुख, मानिस, उपहार, एकफेर
हाँसी देऊ न, कहाँ भेटिएला र प्रर्दशनरत चलचित्र कोहिनुरसम्म
आइपुग्दा श्रीकृष्णले एकसय
भन्दा बढी सिनेमामा नायकको रुपमा अभिनय गरिसकेका छन् ।
यी मध्ये अधिकांश फिल्ममा श्रीकृष्णले दर्शक रुवाउने
गरी फिल्ममा अभिनय गरेका थिए । झन्डै १५ वर्ष जसो नेपाल
प्रज्ञा प्रतिष्ठानमा सरकारी जागिरे रहेका श्रीकृष्णले
फिल्म पनि निर्माण गरेका थिए । नेपा: मुभिज स्थापना गरेर
श्रीकृष्णले निर्माण गरेका पहिलो फिल्म ‘कहाँ भेटिएला’ ले अत्याधिक
दर्शकको साथ पाएको थियो । जुन फिल्मलाई स्व. शिव रेग्मीले
निर्देशन गरेका थिए ।
फिल्म ‘कहाँ भेटिएला’ र फिल्म ‘कोहिनूर’
मा जोडी बनाएका अभिनेत्री श्वेता खड्कासँग
यही असारमा श्रीकृष्णको बिहे सम्पन्न भएको थियो ।
३० बर्ष पूरा भएकी स्वेता नायिका मात्र होइन, एक सफल विजनेश
पर्शन पनि हुन् । विवाह भएको एक महिना वित्न नपाउदै अब
स्वेताको सिउँदोको सिन्दुर पछिने छ, हातका चुरा फुटाइने छ र यो समाजले भन्ने छ
अब स्वेतालाई विधुवा । दुई बर्ष सम्म बच्चा नजन्माउने
मनसायमा रहेका उनीहरु भगवानले नै ती कुरा पुरा हुनबाट
उनीहरुलाई बञ्चीत गराइदिए
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment